Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

६ अंकले घट्यो सेयरबजार, १ अर्ब १४ करोडको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयरबजार कारोबार ओरालो लागेको छ ।

सेयरबजार परिसूचक नेप्से आज पाँच दशमलव ३२ अंकले घटेर एक हजार नौ सय ३३ दशमलव ३१ बिन्दुमा झरेको छ ।

लगानी, व्यापार, अन्य र हाइड्रोपावर उपसूचकमा बाहेक सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो ।

२ सय ५८ वटा कम्पनीका ३४ लाख २ हजार कित्ता सेयर एक अर्ब १४ करोड १४ लाख रुपैयाँमा कारोबार भएका छन् ।

कारोबारमा आएका धितोपत्रमध्ये सर्वाधिक रुपैयाँको सेयर कारोबार एनआईसी एसिया बैंकको भएको छ । यो बैंकको चार करोड ९४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077