Jul 28 2026 | २०८३, श्रावण १२ गते

28 Jul 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मंगलवार, श्रावण १२ गते २०८३
images
images

मूल्यवृद्धि विरुद्ध ६ किसान संगठनले चैत्र ८ गतेदेखि विरोध प्रदर्शन गर्ने

काठमाडौं । किसान अधिकारको पक्षमा क्रियाशील विभिन्न दल निकट ६ किसान संगठनले ९ बुँदे माग राखेर संयुक्त विरोध प्रदर्शन गर्ने भएका छन्।

बिहीबार विज्ञप्ति जारी गर्दै किसान संघ संगठनहरुले चैत ८ गते माइतीघर मण्डलामा सांकेतिक रुपमा संयुक्त प्रदर्शन गर्ने जनाएका हुन्।

माग पूरा गराउन आवश्यक परे संयुक्त संघर्ष अघि बढाउने र यही चैत्र ८ गते माइतीघर मण्डला एवम् मधेस प्रदेशमा सांकेतिक रूपमा संयुक्त विरोध प्रदर्शन गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।

उनीहरुले किसानको जीवन र जीविकामा आमूल परिवर्तन ल्याउने गरी आगामी आर्थिक वर्षमा उचित बजेट तथा कार्यक्रमको व्यवस्था गर्न सरकार समक्ष माग गरेका छन्।

सरकारले रासायनिक मलमा किसानलाई दिँदै आएको अनुदान समग्रमा ११.८ प्रतिशतले घटाउने निर्णय गरेसँगै किसानहरूले प्रदर्शन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077