Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन स्थगित

    मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन स्थगित

    अनलाइन नेपाल
  • बिहिबार, २ चैत्र २०७९
  • 513
    SHARES

    सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन स्थगित गरेको छ ।

    उच्च अदालत सुर्खेतले भोलि हुने भनिएको स्ववियु निर्वाचन रोक्न आदेश दिएको हो ।



    बिहीबार बसेको विश्वविद्यालयको बैठकले अन्य १० वटा आंगिक क्याम्पसको चुनाव रोक्ने निर्णय गरेको मध्यपश्चिम विश्वविद्यालयले जनाएको छ ।



    मंगलबार विश्वविद्यालयअन्तर्गतको स्कुल अफ मेनेजमेन्टका विद्यार्थीले मतदानबाट वञ्चित गराइएको भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए ।

    उच्च अदालत सुर्खेतले अर्को आदेश नभएसम्मका लागि भन्दै स्ववियु निर्वाचन स्थगित गर्न आदेश जारी गरेको थियो ।

    विश्वविद्यालयको बैठकले केन्द्रीयसँगै आंगिक क्याम्पसको स्ववियु निर्वाचन पनि स्थगित गर्ने निर्णय गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार