Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गुल्सन झा र आरिफ शेखलाई जनही दुई लाख दिने मधेस सरकारको घोषणा

जनकपुरधाम । मधेस प्रदेश सरकारले राष्ट्रिय टिमका खेलाडी गुल्सन झा र आरिफ शेखलाई दुई दुई लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ ।

आईसीसी क्रिकेट विश्वकप–२ एकदिवसीय प्रतियोगितामा सहभागी मधेस प्रदेशका खेलाडी झा र सेखलाई मुख्यमन्त्री सरोजकुमार यादवले नगद प्रदान गर्ने घोषणा गरेका हुन् ।

उनीहरूले आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय प्रतियोगितामा नेपालको तर्फबाट उत्कृष्ट खेलका थिए । मधेस प्रदेशमा गृह घर भएका खेलाडीद्वय झा र शेखलाई प्रोत्साहनस्वरुप मधेस प्रदेश सरकारको तर्फबाट जनही दुईरदुई लाख नगद प्रदान गर्ने घोषणा गरेको मुख्यमन्त्री यादवले जानकारी दिए ।

विश्वकप छनौट प्रतियोगितामा बिहीबार यूएईमाथि गौरवपूर्ण जित हासिल गरेकोमा उनले नेपाली टीम, प्रशिक्षक तथा खेलाडीहरुलाई बधाई दिएका छन् । लिग–२ को अन्तिम खेलमा नेपालले भ्रमणकारी युएईलाई डकवर्थ लेविस पद्धतिको आधारमा ९ रनले पराजित गर्दै नेपालले सिधै विश्वकप छनोटमा स्थानमा बनाउन सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077