Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नक्कली नोटसहित दुईजना पक्राउ

काठमाडौं । नक्कली नेपाली नोटसहित काठमाडौंबाट दुईजना पक्राउ परेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कालोपुल एरियाबाट ६ लाख भन्दा बढी नक्कली नोटसहित रामेछाप खाँडा देवी घर भई काठमाडौँको मकलबारी बस्ने छिरिङ लामा र दोलखाको भीमेश्वरका घर भई सतुङगल बस्ने सुरेन्द्र कार्कीलाई पक्राउ गरेको हो ।

बुधबार साँझ उनीहरुको साथबाट रु १००० दरको नेपाली नोट ६३६ थान (रु ६,३६,०००) बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरुले नेपाली खोटा मुद्रा चलन चल्तीमा ल्याउन लागेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी छापा मार्न पुगेको थियो ।

यस्तै नोटको साईजमा काटेको कागजको बण्डल ९ थान पनि बरामद भएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077