Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

उपराष्ट्रपति उम्मेदवार यादवले भने - राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्ने पहिलो भूमिका हुन्छ

काठमाडौं । उपराष्ट्रपति उम्मेदवार रामसहाय प्रसाद यादवले आफू निर्वाचित भए राष्ट्रिय एकतालाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।

उपराष्ट्रपतिको निर्वाचनमा मतदान गरेपछि यादवले यस्तो बताएका हुन् ।

यादवले भने, ‘नेपाललाई समतामूलक र समृद्ध मुलुकको रूपमा विकास गर्ने काममा मेरो भूमिका रहनेछ ।’

यादवले संविधानले दिएको अधिकार प्रयोग गर्दै मुलुक र संविधानको रक्षा गर्नतर्फ आफ्नो भूमिका हुने बताए ।

साथै उनले राष्ट्रपतिको सहयोगीको भूमिका निर्वाह गर्ने यादवको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077