Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

क्रिकेट टोलीलाई बधाई दिँदै राष्ट्रपति पौडेलले भने - सरकारले खेल पूर्वाधारमा लगानी बढाओस्

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आईसीसी लिग-२ मा तेस्रो स्थान प्रप्त गर्दै विश्वकप छनोटमा पुगेको नेपाली क्रिकेट टोलीका सदस्यसँग भेट गरेका छन्।

नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुक्रबार शीतलनिवासमा बोलाएर बधाइ दिँदै राष्ट्रपति पौडेलले सरकारले खेलकुदलाई उपेक्षित क्षेत्रमा राख्न नहुने बताएका हुन् ।

उनले नेपाली क्रिकेट टिमले राष्ट्रको इज्जत र गौरवलाई बढाएको भन्दै खुसी व्यक्त गरे ।

नेपालमा खेलकुद क्षेत्रमा पूर्वाधारको कमी रहेको भन्दै देशको सान राख्न खेलकुद क्षेत्रको पूर्वाधार बढाउनुपर्ने आवश्यक्ता उनले औंल्याएका थिए ।

राष्ट्रपति पौडेलले खेलाडीहरुको मनोबल बढाउन सरकार लाग्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077