Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

तिलोत्तमा गोल्डकप : सुदूरपश्चिमको विजयी सुरुवात, हिरियो आयोजक टिम

भैरहवा । आयोजक करेन्ट रुपन्देही ११ लाई हराउँदै सुदूरपश्चिम ११ बुटवलमा सुरु २२ औं तिलोत्तमा गोल्डकपमा विजयी भएको छ ।
एन्फा एकेडेमीको खेलमैदान देवीनगरमा शनिबार भएको उद्घाटन खेलमा ३-१ गोलअन्तरले रुपन्देहीलाई पछाडि पार्दै सुदूरपश्चिम अघिल्लो चरणमा प्रवेश गरेको हो ।

सुदूरपश्चिमको जीतमा फागुराम थारुले दुई र स्वाम्या हार्दिकले एक गोल गरे । रुपन्देही–११ का तर्फबाट एक मात्र सान्त्वना गोल खेलको अन्तिम मिनटमा विदेश खेलाडी फोडे फोफोनाले गोल गरे ।

प्रतियोगितामा दुई विभागीयसहित आठ टिमले भाग लिएका छन् । प्रतियोगिताको विजेता टिमले ११ लाख ११ हजार एक सय ११ रुपियाँ पुरस्कार पाउनेछन् ।

गोल्डकपको उपविजेताले पाँच लाख ५५ हजार ५ सय ५५ रुपियाँ पुरस्कार प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपियाँ वा एक थान मोटरसाइकल, विधागत रुपमा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077