Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

असमानताको खाडललाई पुर्न नेताको चरित्र सच्चिनुपर्छ : गिरिराजमणि पोखरेल

झापा । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय उपमहासचिव गिरिराजमणि पोखरेलले केन्द्र, प्रदेश, जिल्ला र वडास्तरका नेताको चरित्र सच्चिन जरुरी रहेको बताएका छन् ।

झापा क्षेत्र नं १ अन्तर्गत ‘संगठन सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान’को मेचीनगरमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, 'पार्टी र जनताबीचको सम्बन्धलाई थप सुधार गर्दै अघि बढ्ने अभियान शुरु भएको छ, नागरिक-नागरिकबीचको असमानताको खाडललाई पुर्न केन्द्र, प्रदेश, जिल्ला र वडास्तरका नेताको चरित्र सच्चिन जरुरी छ ।'

उनले जनताको समस्याको साझेदारका रूपमा माओवादी केन्द्रले उक्त अभियान शुरू गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077