Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट चार जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ।

पर्साको वीरगंज महानगरपालिका-१६ इनर्वागाउँबाट लागूऔषध गाँजा करिब १ सय ४९ केजीसहित भारतीय नागरिक २७ वर्षीय ओम प्रकाश सिंहलाई प्रहरीले पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले सोही ठाउँस्थित रोकी राखेको बीआर ०७ जीए ९६९१ नम्बरको मिनिट्रकलाई जाँच गर्ने क्रममा मिनिट्रकमा लुकाई छिपाई राखेको अवस्थामा उक्त लागूऔषध फेला पारी चालक सिंहलाई पक्राउ गरेको हो।

यसैगरी पर्सा, वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटबाट नियन्त्रित लागूऔषध ओनरेक्स १ सय एमएलको १ सय ७८ बोतलसहित सोही महानगरपालिका-१५ भिष्वा बस्ने २० वर्षीय बलजित यादवलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले यादवलाई पक्राउ गरेको हो ।

प्रहरीले काभ्रेको पाँचखाल नगरपालिका-२ देवीस्थान बस्ने ३० वर्षीय विश्व तामाङलाई अवैध लागूऔषध गाँजा १० केजीसहितपक्राउ गरेको छ। तामाङले लागूऔषध गाँजा बिक्री वितरण गर्ने गरेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी पाँचखालबाट खटिएको प्रहरीले उनकै घरमा लुकाई छिपाई राखेको अवस्थामा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो।

सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका-१३ गोबरगाडा छतौनी एरियाबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५० केजी शनिबार राति प्रहरीले बरामद गरेको छ।

२ वटा घोडामा उक्त गाँजा भारततर्फ लाँदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको प्रहरीलाई देख्नासाथ उक्त घोडा र गाँजा छोडी मानिस फरार भएपश्चात प्रहरीले घोडा र गाँजा बरामद गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077