Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनुपर्दैन,गठबन्धन ५ वर्षसम्म टिक्छ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सत्ता गठबन्धन पाँचै वर्ष जाने बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतमाथिको प्रस्तावमाथि छलफलमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

नेपालले वैशाखमा विश्वासको मत लिने अवस्था आउछ कि भन्नेमा आशंका भएपनि यो गठबन्धन पाँचै वर्ष जाने बताए । नेता नेपालले वर्तमान सत्ता गठबन्धन पाँचै वर्ष जाने ठोकुवा गरे ।

अध्यक्ष नेपालले भने, ‘फेरि वैशाखमा विश्वासको मत लिने अवस्था आउँछ कि भन्नेमा आशंका गर्न सकिन्छ । तर यो गठबन्धन ५ वर्ष जान्छ । एकतावद्ध भएर जान्छ।’

प्रचण्डले नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री बने पनि गठबन्धन फेरेर अहिलेको अवस्था आउँछ भन्ने आफूलाई पहिल्यै लागेको उनले बताए ।

अध्यक्ष नेपालले प्रधानमन्त्री प्रचण्डले अब विश्वासको मत लिने अवस्था नआउने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077