Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनुपर्दैन,गठबन्धन ५ वर्षसम्म टिक्छ : माधव नेपाल

    प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनुपर्दैन,गठबन्धन ५ वर्षसम्म टिक्छ : माधव नेपाल

    अनलाइन नेपाल
  • सोमबार, ६ चैत्र २०७९
  • 471
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सत्ता गठबन्धन पाँचै वर्ष जाने बताएका छन् ।

    सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतमाथिको प्रस्तावमाथि छलफलमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।



    नेपालले वैशाखमा विश्वासको मत लिने अवस्था आउछ कि भन्नेमा आशंका भएपनि यो गठबन्धन पाँचै वर्ष जाने बताए । नेता नेपालले वर्तमान सत्ता गठबन्धन पाँचै वर्ष जाने ठोकुवा गरे ।



    अध्यक्ष नेपालले भने, ‘फेरि वैशाखमा विश्वासको मत लिने अवस्था आउँछ कि भन्नेमा आशंका गर्न सकिन्छ । तर यो गठबन्धन ५ वर्ष जान्छ । एकतावद्ध भएर जान्छ।’

    प्रचण्डले नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री बने पनि गठबन्धन फेरेर अहिलेको अवस्था आउँछ भन्ने आफूलाई पहिल्यै लागेको उनले बताए ।

    अध्यक्ष नेपालले प्रधानमन्त्री प्रचण्डले अब विश्वासको मत लिने अवस्था नआउने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार