Online Nepal
  • आइतबार, १३ जेष्ठ २०८१
  • ठगीमा संलग्न आठजना प्रहरीको फन्दामा

    ठगीमा संलग्न आठजना प्रहरीको फन्दामा

    अनलाइन नेपाल
  • सोमबार, ६ चैत्र २०७९
  • 522
    SHARES

    कैलाली । कैलालीमा ठगीमा संलग्न भएको आरोपमा आठजना पक्राउ परेका छन् । टीकापुरबाट ग्लोबल ओरियन्स प्रालिको नामबाट ठगी गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

    फेसबुकबाट चिनजान गरी पुस १५ गते विभिन्न व्यक्तिबाट ४० हजारदेखि एक लाख २० हजारसम्म नगद संकलन गरेर ठगी गरेको आरोपमा टीकापुर प्रहरीले ८ जनालाई पक्राउ गरेको हो ।



    पक्राउ पर्नेमा टीकापुर नगरपालिका–५ का ३३ वर्षीय लालवीर चौधरी, दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ का २० वर्षीय डेकेन्द्रबहादुर विक, सोही ठाउँका १९ वर्षीय रवीन्द्र बोहरा, १८ वर्षीय भरेश शाही छन् ।



    यस्तै, दैलेख दुल्लु नगरपालिका–९ का १९ वर्षीय खगेन्द्र जैशी आठबिस नगरपालिका–१ का २५ वर्षीय जितेन्द्र बिक, सोही ठाउँका २३ वर्षीय दुर्गा विक र सोही नगरपालिकाको ३ का २० वर्षीय वर्षा बडुवाल पक्राउ परेका छन् ।

    उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार