Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

वीरगञ्ज । जंगली हात्तीको आक्रमणबाट रौतहटमा एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ घर भएकी ४५ वर्षीया मिना बलम्पाकी मगरको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यलय रौतहटका अनुसार धनसर जंगलमा घाँस काट्न गएका बेला बलम्पाकीलाई सोमबार जंगली हात्तीले आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको टाउको र शरीरको बीच भागमा हात्तीले कुल्चेको छ । शव पोष्टमार्टमका लागि चन्द्रपु स्थित सरकारी अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077