Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • थाइल्यान्डमा प्रधानमन्त्री प्रयुतले गरे संसद् विघटन

    थाइल्यान्डमा प्रधानमन्त्री प्रयुतले गरे संसद् विघटन

    अनलाइन नेपाल
  • सोमबार, ६ चैत्र २०७९
  • 534
    SHARES

    एजेन्सी । थाइल्यान्डको संसद् सोमबार विघटन गरिएको छ । प्रधानमन्त्री प्रयुत चान–ओ–चाले देशको संसद् विघटन गरेको उच्च सरकारी स्रोतले जनाएको छ ।

    निर्वाचनको घोषणासँगै सन् २०१४ मा प्रयुतले सत्ता सम्हालेपछि थाइल्यान्डमा दोस्रोपटक निर्वाचनका हुन लागेको हो । संसद् विघटन र निर्वाचनको मिति घोषणाको तयारीबारे थाइल्यान्डको राजपत्रमा प्रकाशित सूचनामा सोमबार उल्लेख गरिएको छ ।



    सन् २०१४ को चुनावमा सत्तामा आएका पूर्वसेना प्रमुख प्रयुतले एक दशकको निर्वासनपछि स्वदेशमा फर्किएका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी अर्बपति छोरीविरुद्ध प्रतिस्पर्धा गर्नेछन् ।



    पेतोङ्टार्न सिनावात्राको नेतृत्वमा रहेको मुख्य विपक्षी फेउ थाई समूहले निर्वाचनमा सफलता हासिल गर्नका लागि कडा मेहनत गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार