Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • एक साताको शान्तिपछि थाई–म्यानमार सीमा सहरनजिकै फेरि झडप

    एक साताको शान्तिपछि थाई–म्यानमार सीमा सहरनजिकै फेरि झडप

    अनलाइन नेपाल
  • शनिबार, ८ बैशाख २०८१
  • 435
    SHARES

    फाइल तस्विर

    बैंकक । एक साताको शान्तिपछि म्यानमारको जुन्ता र सशस्त्र जातीय समूहबीच थाइल्यान्डको सीमानजिकैको एउटा महत्त्वपूर्ण व्यापारिक केन्द्र आसपास पुनः झडप भएको एक सशस्त्र समूहका प्रवक्ता र थाई सेनाले शनिबार बताएका छन् ।

    सन् २०२१ मा सेनाले लोकतान्त्रिक रूपमा निर्वाचित सरकारलाई अपदस्थ गरेपछि म्यानमार द्वन्द्वको चपेटामा परेको छ । यसै महिनाको प्रारम्भमा म्यानमारको व्यापारिक केन्द्र म्यावाडी वरपर भीषण लडाइँ सुरु भएको थियो । र, सेना सहरमा आफ्नो स्थितिबाट पछि हट्न बाध्य भएको थियो ।



    गत साता यस क्षेत्र अधिकांश शान्त रहेको थियो । स्थानीय बासिन्दाले कुनै लडाइँ नभएको बताएका थिए । यद्यपि, एउटा क्षेत्रीय गुटले शुक्रबार जारी स्थितिमाथि ‘गहिरो चिन्ता’ व्यक्त गरेको थियो ।



    जुन्ताविरोधी करेन नेसनल युनियन (केएनयू)का अनुसार पहिलेका झडपहरूमा केही सैनिकले म्यावाडीलाई थाई सहर माई सोटसँग जोड्ने एउटा पुलमुनि शरण लिएका थिए । केएनयूका प्रवक्ता पडोह साव ताव नीले म्यावाडीमा समूहले जुन्ताविरुद्ध लडिरहेको पुष्टि गरे । यद्यपि, उनले थप विवरण दिएनन् ।

    शनिबार बिहान सीमामा तैनाथ थाई सेनाको एउटा इकाइले पुलमुनि जुन्ता सैनिकलाई निसाना बनाउने बलहरूसँग झडप भइरहेको जनाएको छ । राजम्नु स्पेसल टास्क फोर्सले फेसबुकमा भनेको छ, “अहिले लडाइँ जारी छ । कुनै क्षतिको जानकारी प्राप्त भएको छैन ।” रासस/एएफपी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार