Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेसले बागमतीका मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत दिने

काठमाडौं । नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई विश्वासको मत दिने भएको छ ।

काठमाडौंमा मंगलबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत दिने निर्णय गरेको पार्टी प्रदेश महामन्त्री राजु श्रेष्ठले बताए।

कांग्रेस प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकले सरकारमा सहभागी निर्णय पनि गरेको छ ।

जम्कट्टेलले भोली चैत ८ गते दोस्रोपटक विश्वासको मत लिँदै छन्।

प्रदेशसभाका दुई तिहाई भन्दा बढी सांसदको विश्वासको मत पाएका जम्कट्टेलले मुख्यमन्त्री नियुक्त भएको ६५ दिनमा दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

यसअघि माघ ३ गते प्रदेशसभामा मुख्यमन्त्री जम्कट्टेललाई ६ दलका १०५ जना सांसदले विश्वासको मत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077