Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएको छ : शङ्कर पोखरेल

    एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएको छ : शङ्कर पोखरेल

    अनलाइन नेपाल
  • बिहिबार, ९ चैत्र २०७९
  • 357
    SHARES

    दाङ। नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएको बताएका छन् ।

    प्रेस चौतारी नेपाल दाङ शाखाले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।



    महासचिव पोखरेलले राजनीतिक स्थायित्व र विकासका लागि दलको निहित स्वार्थ जोडिन नहुनेमा जोड दिँदै एमाले अबका पाँच वर्ष संसद्मा बलियो प्रतिपक्ष भएर बस्ने र जनताका सरोकारका विषयमा खबरदारी गर्ने बताए ।



    महासचिव पोखरेलले एमाले प्रतिपक्षीमा उभिएकाले पार्टी सङ्गठन बलियो बनाउन गाउँ गाउँमा पुगेको बताए । उनले राष्ट्र बनाउने सवालमा सरकारमा सामेल दलबीच देश बनाउने मुद्दा पहिलो प्राथमिकता हुन सक्नुपर्नेमा जोड दिए ।

    पोखरेल देशमा स्थायित्व र विकासका लागि पाँच वर्ष नै सरकार चलाउने गरी अघि बढ्न सत्तारुढ दललाई आग्रह गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार