Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

२०८० सालको बैंक बिदाको सूची सार्वजनिक, कार्यालय र बैंकिङ समय पनि निर्धारण

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८० सालमा बैंक बिदाको सूची जारी गरेको छ।

केन्द्रीय बैंकको जनशक्ति व्यवस्थापन विभागले आज एक सूचना जारी २०८० सालमा बैंक बिदाको सूची सार्वजनिक गरेको हो।

जसअनुसार नयाँ वर्ष र अन्तर्राष्ट्रिय मजदुर दिवसको दिन बैंक तथा वित्तीय संस्था पूर्ण रुपमा बन्द हुनेछ । दशैंमा ६ दिन र तिहारमा ५ दिन सहित २०८० सालमा ४५ दिन बैंकिङ सेवा आंशिक तथा पूर्ण रुपमा प्रभावित हुने राष्ट्र बैंकले जनाएको छ ।

जसमध्ये २० दिन भने बैंकहरुले नगद भुक्तानी ईसीसी, सार्वजनिक ऋण व्यवस्थापन लगायका आकस्मिक बैंकिङ सेवा बिहान १० बजेदेखि दिउँसो १ः३० बजेसम्म सञ्चालन गर्नेछन् ।

यस्तै दशैंमा ६ दिन र तिहारमा ५ दिन सहित १५ दिन भने पूर्ण रुपमा बैंकिङ सेवा बन्द हुनेछ । इन्द्र जात्रा, भोटो जात्रा, गाइ जात्रा, घोडेजात्राको दिन काठमाडौं उपत्यकामा पूर्ण बिदा हुनेछ ।




प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077