Online Nepal
  • सोमबार, १२ साउन २०८२
  • क्यानले मुख्य प्रशिक्षक देसाईको पारिश्रमिक बढायो

    क्यानले मुख्य प्रशिक्षक देसाईको पारिश्रमिक बढायो

    अनलाइन नेपाल
  • बिहिबार, ९ चैत्र २०७९
  • 957
    SHARES

    काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईको पारिश्रमिक २ हजार डलरले बढेको छ ।

    नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षक देसाईको पारिश्रमिक वृद्धि गर्दै १२ हजार अमेरिकी डलर पुर्‍याइएको हो ।



    नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाउँदै विश्वकप छनोटमा पुर्‍याएमा तलब वृद्धि गर्ने यसअघिको सम्झौताअनुसार उनको पारिश्रमिक वृद्धि गरिएको क्यानले जनाएको छ।

    देसाईको प्रशिक्षणमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ को १२ खेलमध्ये ११ मा जित निकाल्दै जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकपको छनोटमा स्थान पक्का गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार