Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कोशी प्रदेश उद्योग वाणिज्य महासंघको अध्यक्षमा राउत

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा विराटनगरका उद्योगी राजेन्द्र राउत निर्वाचित भएका छन्।

बिहीबार झापाको विर्तामोडमा भएको महासंघको साधारण सभाले राउतलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो ।

महासंघको उपाध्यक्षमा जिल्ला तथा नगर उद्योग वाणिज्य महासंघबाट भीम पौडेल र एसोसिएट्सबाट कुमारमणि पोखरेल चयन भएका छन्। महासंघको कोषाध्यक्षमा सुवास आचार्य चयन भएका छन्।

त्यस्तै, कार्यसमिति सदस्यहरूमा जिल्ला तथा नगर उद्योग वाणिज्य महासंघका तर्फबाट ध्रुवलाल श्रेष्ठ, वीरेन्द्रकुमार शाह, प्रितम खड्गी, प्रकाश सिवाकोटी, ऋषिराज तिम्सिना चयन भएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077