Online Nepal
  • शनिबार, १० साउन २०८२
  • फिफा वरियतामा नेपालको तीन स्थान सुधार

    फिफा वरियतामा नेपालको तीन स्थान सुधार

    अनलाइन नेपाल
  • शुक्रबार, १० चैत्र २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । नेपाली महिला फुटबल टोलीको फिफा वरीयतामा ३ स्थान सुधार भएको छ ।

    विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले आज शुक्रवार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले ३ स्थान सुधार गरेको हो ।



    नयाँ वरीयतामा नेपाल १ हजार २ सय ५ अङ्कका साथ १ सयौँ औँ स्थानमा उक्लिएको छ । यसअघि नेपाल १ सय ३ औँ स्थानमा थियो ।

    एसियाली राष्ट्रको वरीयतामा भने नेपाल २० औँ स्थानमा छ । आज सार्वजनिक गरिएको वरीयतामा अमेरिका शीर्ष स्थानमा यथावत् छ भने जर्मनी दोस्रो तथा स्विडेन तेस्रो स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार