Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

फिफा वरियतामा नेपालको तीन स्थान सुधार

काठमाडौं । नेपाली महिला फुटबल टोलीको फिफा वरीयतामा ३ स्थान सुधार भएको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले आज शुक्रवार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले ३ स्थान सुधार गरेको हो ।

नयाँ वरीयतामा नेपाल १ हजार २ सय ५ अङ्कका साथ १ सयौँ औँ स्थानमा उक्लिएको छ । यसअघि नेपाल १ सय ३ औँ स्थानमा थियो ।

एसियाली राष्ट्रको वरीयतामा भने नेपाल २० औँ स्थानमा छ । आज सार्वजनिक गरिएको वरीयतामा अमेरिका शीर्ष स्थानमा यथावत् छ भने जर्मनी दोस्रो तथा स्विडेन तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077