Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • उपप्रधानमन्त्री श्रेष्ठले भने – दुई दिन भित्रै मन्त्रिपरिषदले पूर्णता पाउँछ

    उपप्रधानमन्त्री श्रेष्ठले भने – दुई दिन भित्रै मन्त्रिपरिषदले पूर्णता पाउँछ

    अनलाइन नेपाल
  • शनिबार, ११ चैत्र २०७९
  • 534
    SHARES

    काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले दुई दिन भित्रै मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन्।

    शनिबार ललितपुर चेम्बर अफ कमर्शले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।



    उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘एक-दुई भित्रै मन्त्रिपरिषदले पूर्णता पाउँछ। त्यसपछाडि हामी यसबारेमा आवश्यक परामर्श सम्बन्धित सबै संस्था, निकाय र व्यक्तिहरू पनि गरेर एउटा दिशामा प्रभावकारी ढंगले कदम चाल्ने गरी अगाडि बढनेछौं।’



    माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका उपप्रधानमन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्र गम्भिर अवस्थामा रहेको उल्लेख गर्दै सो समस्या समाधानका लागि सरकारले सम्बन्धित पक्षसँग आवश्यक परामर्श गरी प्रभावकारी कदम चाल्ने प्रतिवद्धता व्यक्त गरे।

    उनले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकार उद्योगी, व्यवसायीहरूसँग निरन्तर संवादमा रहिरहने आश्वासन पनि दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार