Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • भौतिक पूर्वाधारमन्त्री श्रेष्ठले भने – इम्बोस्ड नम्बर प्लेट नेपालीमा लेख्छौं

    भौतिक पूर्वाधारमन्त्री श्रेष्ठले भने – इम्बोस्ड नम्बर प्लेट नेपालीमा लेख्छौं

    अनलाइन नेपाल
  • सोमबार, १३ चैत्र २०७९
  • 564
    SHARES

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले इम्बोस्ड नम्बर प्लेटलाई नेपालीमा राख्ने कार्ययोजना अघि बढेको बताएका छन् ।

    सोमबार मन्त्रालयको कार्यप्रगति विवरणबारे जानकारी दिन मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।



    उपप्रधानमन्त्री श्रेष्ठले भने,‘सवारी साधनहरुमा राखिने इम्बोष्ड नम्बर सरकारी तहमा पनि, नेपाली समाजमा पनि धेरै पटक नेपालीमा राख्नुपर्छ भनेर पनि बहस हुने गरेकै हो । प्रारम्भमा त्यसबारेमा प्रक्रिया अघि बढेको पनि हो । अहिले अंग्रेजीमा छ । तर हाम्रो मन्त्रालयले इम्बोष्ट नम्बर प्लेटलाई नेपालीमा पनि राख्ने कार्य योजना अगाडि बढाएको छ । ’



    मन्त्री श्रेष्ठले इम्बोस्ड प्लेट जोड्दा लाग्ने शुल्क पनि घटाउन गृहकार्य भइरहेको बताए । ठेकेदारले लिने पैसाअनुसार शुल्क लिनुपर्ने भएपनि अन्य हिस्सा हेरेर शुल्क घटाउन छलफल भइरहेको उनले बताए ।

    उपप्रधानमन्त्री श्रेष्ठले नेपाली समाज र सरकारी निकायले धेरै पटक भनेपछि मन्त्रालयले सो काम अघि बढाउने गरी कार्ययोजना बनाउनु परेको स्पष्टीकरण समेत दिए ।उपप्रधानमन्त्री श्रेष्ठले यस कामलाई अघि बढाउन सम्बन्धित एजेन्सीसँग छलफल गरिएको र अब सरकारले यो कामलाई तीव्रता दिने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार