Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • नेपाल पुलिस क्लव खप्तड गोल्डकपको क्वाटरफाइनलमा

    नेपाल पुलिस क्लव खप्तड गोल्डकपको क्वाटरफाइनलमा

    अनलाइन नेपाल
  • शनिबार, ११ चैत्र २०७९
  • 681
    SHARES

    धनगढी । विदेशी टोली जर्जियनलाई हराउँदै नेपाल पुलिस क्लव छैठौं मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोलडकपको क्वाटरफाइनलमा पुगेको छ ।

    प्रतियोगिताको तेस्रो दिन भएको खेलमा पुलिसले दार्जिलिङको जर्जियन एफसीलाई ३–० गोल अन्तरले पेनाल्टी सुटआउटमा पराजित गरेको हो ।



    धनगढी रंगशालामा शनिबार भएको खेलमा पुलिसका मनोज राईको आत्मघाती गोलमा विदेशी टोलीले आठौं मिनेटमा अग्रता लिएको थियो ।



    पुलिसका भोला सिलवालले ४२ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा गरिएको हो ।

    पुलिसका भोला सिलवाल, पृथ्वी चौधरी र सुमन सुवेदीको पेनाल्टी सफल भयो । विदेशी टोलीका प्रवेश रोय, प्रणय मुखिया र सोनम लेप्चाको प्रहार असफल भयो । पुलिसले सेमिफाइनल प्रवेशका लागि चैत १४ गते आयोजक सुदूरपश्चिम–११ संग प्रतिष्पर्धा गर्नेछ ।

    आइतबार क्वाटरफाइनलको खेलमा फ्रेन्ड्स क्लव र थ्री स्टारबीच प्रतिष्पर्धा हुने छ । मोफसलको सर्वाधिक पुरस्कार राशीको यस प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

    सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रबद्र्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम ११ स्पोर्टस क्लबले आयोजना गरेको हो । आयोजकसहित ‘ए’ डिभिजन ६, विदेशी टोली २ र मोफसलको एक गरी १० टोलीको सहभागिता रहेको छ । चैत ९ गतेदेखि सुरु भएको प्रतियोगिता १८ गतेसम्म चल्ने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार