Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मिसिसिपीमा टोर्नडो आँधीका कारण कम्तिमा २३ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको मिसिसिपी राज्यमा टोर्नडो आँधीका कारण कम्तिमा २३ जनाको मृत्यु भएको छ ।

शुक्रबार राति पश्चिमी मिसिसिपीको सिल्भर सिटीमा आँधी आएको हो।

आँधीबाट दर्जनौ घाइते भएको र चारजना बेपत्ता भएको बताइएको छ।

मिसिसिपी आपतकालीन व्यवस्थापन एजेन्सीले पश्चिमी मिसिसिपीको सिल्भर सिटीमा आँधी आएको बताएको छ ।

आँधी आएपछि खोज तथा उद्धार कार्य भइरहेको छ । सयौँ भवन ध्वस्त भएका छन् भने गाडीलाई आँधीले उडाएर समुन्द्रमा पुर्‍याएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077