Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राजनीतिक दलहरुप्रति आमजनतामा वितृष्णामात्रै नभइ घृणा पनि बढ्यो : कमल थापा

भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले प्रमुख राजनीतिक दलहरुप्रति आमजनतामा वितृष्णामात्रै नभइ घृणा पनि बढ्न थालेको बताएका छन् ।

काठमाडौं उपत्यका केन्द्रित संगठन सुदृढीकरण अभियान अन्तर्गत भक्तपुरको मध्यपुर थिमिमा आयोजित कार्यक्रममा थापाले महिनैपिच्छे समीकरण फेरबदल गर्दै सत्ता केन्द्रित फोहरी खेलमा लिप्त हुँदा राजनीतिक दलप्रति जनतामा आक्रोश पैदा भएको बताएका हुन् ।

थापाले नयाँ दलहरुप्रति पनि जनताको भरोसा टुटेको बताए । भ्रष्ट, अनैतिक र असफल भनेर भनिएका दलहरूसँग गठबन्धन बनाएर ब्रम्हलुटमा सँगै संलग्न हुनुले नयाँ उदय भएका दलहरुप्रतिको भरोसा पनि टुटेको उनले बताएका हुन् ।

सत्ता र शक्ति केन्द्रित भएका ठुला दलहरुकै बाटोमा हिँड्ने कामले विकल्प दिन नसक्ने उनको दाबी थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077