Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले उपाध्यक्ष पौडेलले भने - जनताले गठबन्धनको तमासा हेरिरहेका छन्

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिए पनि मन्त्रिपरिषद बिस्तार गर्न नसकेको बताएका छन्।

सुर्खेत पुुगेका उपाध्यक्ष पौडेलले विश्वासको मत दिएको धेरै दिन भइसक्दा पनि प्रधानमन्त्रीले मन्त्रिपरिषद बिस्तार गर्न नसकेको बताएका हुुन् ।

उपाध्यक्ष पौडेलले भने,‘प्रधानमन्त्रीले दोस्रो पटक विश्वासको मत त पाउनुभयो तर आजसम्म मन्त्रिपरिषद बिस्तार गर्न सक्नुभएको छैन । हामी सुन्दैछौं-ठूलो संख्यामा उपप्रधानमन्त्री दाबी भइरहेको छ। यति सिट, उति सिटका दाबी भनेर आइरहेका छन्।’

गत चैत ६ मा प्रधानमन्त्री दाहालले विश्वासको मत लिएका थिए। उनले सत्ता गठबन्धनको तमासा जनताले हेरिरहेको पनि बताए।

गत पुस १० को गठबन्धन तोडेर प्रधानमन्त्री अर्को गठबन्धनमा गएको उनले बताए। उनले अहिलेको गठबन्धन देशभित्रका राजनीतिक दलले मात्र नभई विदेशीको अबान्छित हस्तक्षेपका बीच बनेको आरोपसमेत लगाएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077