Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

रघुजी पन्तको सुझाव - राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री हो, छुट्टै सल्लाहकार चाँहिदैन

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद्‍ हुने भन्दै शीतल निवासमा छुट्टै सल्लाहकार नचाहिने बताएका छन् ।

संसद्मा बोल्दै पन्तले राष्ट्रपतिको सल्लाहकार भनेको प्रधानमन्त्री र मन्त्रिपरिषद् रहेको भन्दै अनावश्यक रुपमा सल्लाहकार र विज्ञ राख्न नमिल्ने बताएका हुन् ।

पन्तले भने, 'भारतीय र अमेरिकी राजदूतको भेटपछिको समाचार राष्ट्रपतिको परराष्ट्र मामिला सल्लाहकारको रुपमा बाहिर आयो । राजेन्द्रप्रसाददेखि द्रौपदी मुर्मूसम्म भारतमा १५ जना राष्ट्रपति भए । सल्लाहकार अहिलेसम्म बनाएको थाहा छैन ।'

पन्तले यो कार्य संसदीय व्यवस्थाका लागि उचित नभएको बताए । उनले अहिले राष्ट्रपतिको सचिवालयमा ठूलो संख्यामा कार्मचारी भर्ना गरिएको कार्य राम्रो नभएको टिप्पणी गरेका थिए ।

कानुनमा राष्ट्रपतिले ७ जना विज्ञ र सचिवालयमा ३१ जना भर्न गर्न पाउने व्यवस्था छ । सांसद पन्तले भने कानुनमा राखे पनि त्यसलाई संशोधन गर्न जरुरी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077