Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

नेपाली सेना र अमेरिकी सेनाबीच आजबाट काठमाडौंमा वार्ता हुँदै

काठमाडौं । अमेरिकी सेना र नेपाली सेनाबीच आजदेखि द्विपक्षीय ‘ल्याण्ड फोर्स टक’ हुने भएको छ । हरेक वर्ष हुँदै आएको सो संयुक्त बैठक यो पटक तीन दिन काठमाडौँमा ‘बाइल्याटरल ल्यान्ड फोर्सेस टक’ हुन लागेको हो ।

यसअघि सो बैठक अमेरिकाको हवाईमा सम्पन्न भएको थियो। नेपाली सेनाका अनुसार यसपटकको छलफल शान्ति सेना, मानवीय सहायता र विपद् प्रतिक्रिया, तालिम र विज्ञता आदानप्रदान गरी चार विषयमा केन्द्रित रहनेछ।

नेपाली टोलीको नेतृत्व उपरथी अशोकराज सिग्देलले गर्दैछन् भने अमेरिकी सेनाको नेतृत्व प्यासिफिक कमान्डको डेपुटी कमान्डर मेजर जनरल क्रिस्टोफर स्मिथले गर्नेछन्।

जसको कमान्डमा २२ सदस्यीय टोली सहभागी हुनेछन् । छलफलमा नेपालको तर्फबाट परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका सहसचिव र उपसचिवसहित नेपाली सेनाका उपरथीको नेतृत्वमा १४ सदस्यीय टोली सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077