Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको प्राविधिक उपरथी दर्जामा पदोन्नति भएका प्राविधिक सहायक रथी डा. अरुण शर्मालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

सोमबार जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमकाबीच अरुण शर्मालाई प्रधानसेनापति शर्माले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेको नेपाली सेनाले जनाएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को चैत ६ गतेको बैठकले शर्मालाई बढुवा गर्ने निर्णय गरेको थियो ।

पदोन्नती भएका प्राविधिक उपरथी डा. अरुण शर्मा सैनिक स्वास्थ्य महानिर्देशनालय (सैनिक मेडिकल को) को महानिर्देशकमा नियुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077