Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मिटरब्याज पीडितको आन्दोलनमा एकीकृत समाजवादीको ऐक्यबद्धता

काठमाडौ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले मिटरब्याज पीडितहरूको आन्दोलनामा ऐक्यबद्धता जनाएका छन् ।

मंगलबार बानेश्वरमा पुगेर पीडितहरूलाई भेट्दै खनालले आफू पीडितहरुको पक्षमा रहेको बताएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले पीडितहरूका मागलाई सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताए ।

खनालले भने,'तपाईंहरूको आन्दोलनमा ऐक्यबद्धता छ । तपाईंहरूले सारेका मागहरूलाई सरकारले तुरुन्त सुन्नुपर्छ । तपाईंका समस्याहरू तुरुन्त हल हुनुपर्छ ।'

११ दिन पैदल हिँडेर सोमबार काठमाडौं आइपुगेका पीडितहरूले सोमबार खुलामञ्चअगाडि विरोध प्रदर्शन गरेका थिए भने मंगलबार बिहानैबाट पुनः विरोध गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077