काठमाडौ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले मिटरब्याज पीडितहरूको आन्दोलनामा ऐक्यबद्धता जनाएका छन् ।
मंगलबार बानेश्वरमा पुगेर पीडितहरूलाई भेट्दै खनालले आफू पीडितहरुको पक्षमा रहेको बताएका हुन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले पीडितहरूका मागलाई सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताए ।
खनालले भने,’तपाईंहरूको आन्दोलनमा ऐक्यबद्धता छ । तपाईंहरूले सारेका मागहरूलाई सरकारले तुरुन्त सुन्नुपर्छ । तपाईंका समस्याहरू तुरुन्त हल हुनुपर्छ ।’
११ दिन पैदल हिँडेर सोमबार काठमाडौं आइपुगेका पीडितहरूले सोमबार खुलामञ्चअगाडि विरोध प्रदर्शन गरेका थिए भने मंगलबार बिहानैबाट पुनः विरोध गरिरहेका छन् ।