Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मेयर बालेनले भने - सरकार फेरिरहँदा काम गर्न अप्ठ्यारो भयो

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले केन्द्र सरकार फेरिरहँदा काम गर्न अफ्ठेरो भएको बताएका छन् ।

न्यायीक समितिको राष्ट्रिय सम्मेलन् उद्घाटन अवसरमा बोल्दै मेयर बालेनले यस्तो बताएका हुन् ।

मेयर बालेनले भने, ‘आफ्नै पालिकामा न्याय प्राप्त होस्, न्यायका लागि ११ दिन हिँडेर काठमाडौं आउनु नपरोस् । स्थानीय सरकार भनेको पाँच वर्षे सरकार हो । उहाँहरुको सरकार टिकिदैन र काम गर्न गाह्रो हुन्छ । स्थानीय सरकार एक्लैले गर्न नसक्ने काम धेरै हुन्छन् ।’

बालेनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई देशका नदीनाला जोगाउन आग्रह गरे। उनले बागमती नदी तथा सार्वजनिक स्थल जोगाउन प्रधानमन्त्रीलाई आग्रह समेत गरेका छन् ।

उनले सरकार भनेको स्थानीय पालिका पालिकामा छ भन्ने अभाष दिलाउनुसक्नुपर्ने समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077