Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

चोर बाटोबाट उपेन्द्रलाई संसदमा छिराउने षड्यन्त्र गरिँदैछ : सिके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा–२ मा षड्यन्त्र गरेर सिट खाली गराउने काम भएको बताएका छन् ।

बुधबार माओवादी केन्द्रका नेता शिवचन्द्र प्रसाद कुशवाहलाई पार्टीमा प्रवेश गराउन काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष राउतले यस्तो बताएका हुन् ।

राउतले माओवादी केन्द्रबाट शिवचन्द्र कुशवाहा पटक–पटक अन्याय र बहिस्करणमा परेको बताए। सिट खाली भएर संसदमा घोषणा हुन नपाउँदै निर्वाचन आयोगले निर्वाचनको कार्यक्रम घोषणा भएको उनले बताए ।

साथै,निर्वाचन आयोगका प्रमुख आयुक्तले उपराष्ट्रपतिमा महिला बाहेक उम्मेदवार बन्न सक्दैनन् भनेको अवस्थामासमेत सत्ताको आडमा पुरुष उम्मेदवारलाई निर्वाचित गराएको उनले बताए ।

बारा-२ मा उपनिर्वाचनमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उम्मेदवारी दिने तयारीमा छन्। यादवले उम्मेदवारी दिने भएपछि जनमतका अध्यक्ष राउतले असन्तुष्टि व्यक्त गरेका छन्। उनले यादवलाई बाराका जनताले बहिस्कार गर्ने दावी गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077