Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बिमा रकमको लोभमा श्रीमतीले गरिन् श्रीमानको हत्या !

सप्तरी । सप्तरीमा बिमा रकम पाउन श्रीमानको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । जिल्लाको कञ्चनरूप नगरपालिका–३ दास टोलकी कोशिलादेवी दासले बिमा रकम पाउनकै लागि श्रीमानको हत्या गरेको खुलेको हो ।

तर घटनामा मृतकको श्रीमती कोशिला र देउरानी हिरनदेवी दासको संलग्नता रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । गत कात्तिक ६ गते आफ्नै घरभित्र करेन्ट लागेर शिवशंकर दासको मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दुवैजनाले दासलाई करेन्ट लगाएर हत्या गरेका थिए ।

शिवशंकरको श्रीमती र नातामा भाउजू पर्ने शान्तिदेवी दासको सहयोगमा हत्या गरिएको प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिए । कात्तिक ५ गते शान्तिदेवीले शिवशंकरलाई आफ्नै घरमा बोलाएर मदिरा खुवाएर घरतर्फ पठाएकी थिइन् ।

मदिरा सेवन गरेर घर पुगेका शिवशंकर भान्सा कोठामै सुतेपछि सुतेकैबेला कोशिलादेवीले शिवशंकरको बायाँ हातको साहिँली औँलामा तार बेरेर करेन्ट लगाएको प्रहरीले जनाएको छ ।

उनीहरूले प्रहरीसमक्ष ऋण चुक्ता गर्न र छोरीको विवाह गर्ने दासको हत्या गरेको प्रहरी समक्ष बयान दिएका छन् । प्रहरीका अनुसार शिवशंकर र कोशिलादेवीले छोरीको विवाह गर्न र बिमा गराउनका लागि भाउजू नाता पर्ने शान्तिदेवीसँग ऋण लिएका थिए ।

ऋण चुक्ता गर्न शान्तिदेवीले कोशिला र शिवशंकरलाई तनाव दिँदै आएकी थिइन् ।  अहिले दुवैजना प्रहरी हिरासतमा छन् । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077