Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

हर्क साम्पाङको चेतावनी - ऋण मिनाहा नगरे म पनि आन्दोलनमा कुद्छु

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सरकारले धरान खानेपानी आयोजनाको ऋण मिनाहा नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर साम्पाङले यस्तो चेतावनी दिएका हुन् ।  मेयर ‍साम्पाङले आन्दोलनरत मिटरब्याजी पीडितहरूको प्रसंग जोड्दै सरकारले आफैले मिटरब्याजी जस्तै चर्को ब्याज आफूहरूबाट अशुलेको बताए ।

एसियाली विकास बैंक (एडिबी) बाट १ प्रतिशत व्याजमा ऋण लिएर धरानका जनतालाई ५ प्रतिशतमा दिएको बताउँदै उनले मिनाहा नगरे आन्दोलनमा उत्रने चेतावनी दिए ।

उनले ऋण मिनाहाका लागि आफूले पटक(पटक सम्बन्धित मन्त्रालयलाई अनुरोध गरेपनि यसको सुनुवाइ नभएको गुनासो समेत गरे ।

उनी लेख्छन्,’मिटर ब्याजको कुरा भइरहँदा धरानमा एडिबीको ऋणमासमेत नेपाल सरकार आफैले त्यसो गरेको छ। १५ मा लिएर ५५ मा हाम्लाई दिएको छ। यो ऋण मिनाह गरिदिन सम्बन्धित मन्त्रालयलाई मैले अनुरोध पनि गरें तर सुनुवाइ भएन। ध्यान जावोस यता पनि नत्र म पनि आन्दोलनमा कुद्नु पर्ने दिन आउनेछ।’

धरानमा सरकारले एसियाली विकास बैंक ९एडिबी० को अनुदान तथा ऋण सहयोगमा खानेपानी आयोजना सम्झौता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077