Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मिटरब्याज पीडित र सरकारबीच वार्ता सकियो, ६ बजे फेरि बस्ने

काठमाडौं । मिटरब्याजविरुद्धको संघर्ष समिति र सरकारी टोलीबीचको वार्ता सकिएको छ ।

गृह मन्त्रालयमा भएको वार्तामा सरकार र मिटरब्याज पीडितले आआफ्नो धारणा राखेपछि वार्ता सकिएको हो ।

सरकारी टोलीसंग पीडितहरुले आफ्ना माग राखेपछि पुनः ६ बजे बस्नेगरी दिउँसोको छलफल सकिएको छ ।

मिटरब्याज पीडितहरु १० दिन पैदल हिँडेर यही साता काठमाडौ आएका थिए ।

सरकारले मिटर व्याजलाई अपराध घोषणा गर्दै कानुन संशोधन गरेर मिटर व्याजीलाई कारवाही र पीडितलाई क्षतिपुर्ति दिनेगरी कानुन बनाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077