Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पदभार ग्रहण गर्दै रक्षामन्त्री खड्काले भने - सामुहिकताको परिस्थिति सिर्जना गर्छौं

काठमाडौं । नवनियुक्त उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले पदभार ग्रहण गरेका छन् ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथग्रहण गरेपछि खड्काले मन्त्रालयको कार्यभार सम्हालेका हुन् ।

रक्षामन्त्री खड्काले सबैलाई सम्मान र विश्वास गर्ने परिस्थिति निर्माण गरेर सरकार सफल बनाउने प्रतिवद्धता व्यक्त गरे ।

उनले भने, ‘यो मन्त्रालय महत्वपूर्ण छ, यसलाई बुझेर नै मैले आफ्ना कामहरु प्रधानमन्त्रीज्युको निर्देशनमा रक्षा मन्त्रालयका अधिकारीहरु, नेपाली सेनाको प्रधानसेनापति लगायत सम्पूर्ण सम्बन्धित व्यक्तिहरुसँग छलफल गर्नेछौँ ।’

मन्त्री खड्काले रक्षा मन्त्रालय एकदमै महत्वपूर्ण मन्त्रालय भएकाले सबै सम्बन्धित पक्षहरुसँगको छलफलबाट आफू अघि बढ्ने बताए ।

खड्काले सामुहिकताको भाव र सबैले सबैलाई सम्मान गर्ने, विश्वास गर्न परिस्थिति निर्माण गरेर सरकार सञ्चालन गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077