Online Nepal
  • शनिबार, १२ जेष्ठ २०८१
  • सुराकी खर्च खारेजको प्रस्ताव मन्त्रिपरिषद् लैजाने गृहमन्त्री श्रेष्ठको निर्णय

    सुराकी खर्च खारेजको प्रस्ताव मन्त्रिपरिषद् लैजाने गृहमन्त्री श्रेष्ठको निर्णय

    अनलाइन नेपाल
  • शुक्रबार, १७ चैत्र २०७९
  • 594
    SHARES

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पदबहाली गरेका छन् । शुक्रबार शपथ लगत्तै सिंहदरवार पुगेर उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले पदबहाली गरेका हुन् ।

    पदबहाली गर्दै गृहमन्त्री श्रेष्ठले प्रहरी प्रशासनको प्राथमिकतामा गरिब र निमुखा जनता हुनुपर्ने बताए ।



    पावर र पहुँच भएकाहरु सहजै प्रहरी हाकिम कहाँ पुग्ने, तर सार्वसधारण, गरिब–निमुखले आफ्ना कुरा राख्नै नसक्ने स्थिति अन्त्य गर्नुपर्ने गृहमन्त्री श्रेष्ठको भनाई छ ।



    उनले अपराध नियन्त्रणमा उदारता अपनाउने वा सम्झौता गर्ने छुट कसैलाई नभएको समेत बताए ।

    यस्तै,गृहमन्त्री श्रेष्ठले सुराकीको नाममा खर्च गर्ने प्रणाली खारेजीका लागि मन्त्रिपरिषद् बैठकमा प्रस्ताव गर्ने निर्णय गरेका छन् ।

    त्यसैगरी मिटरब्याजीलाई कारवाही र यससम्बन्धी समस्या समाधानका लागि सर्वाधिकार सम्पन्न आयोग गठन गरिने पनि उनको निर्णय छ ।

    मन्त्री श्रेष्ठले आफू भ्रष्टाचार मुक्त हुने र अरुको हकमा भ्रष्टाचार नियन्त्रणका लागि आफ्नो सीमामा रहेन भूमिका खेल्नुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार