Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे मिटरब्याज पीडित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफलका लागि मिटरब्याज पीडित बालुवाटार प्रवेश गरेका छन् । प्रधानमन्त्रीले छलफलका लागि बोलाएपछि केही बेरअघि बालुवाटार पुगेका हुन् ।

मिटरब्याज पीडितले मिटरब्याजीलाई कारबाही गर्नुपर्ने, आफूहरूसँग लिइएको धितो फिर्ता हुनुपर्ने लगायतका माग राखेर आन्दोलन गरिरहेका छन्। उनीहरूले गृह मन्त्रालयको वार्ता टोलीसँग पटक गरेको छलफल पनि निष्कर्षमा पुग्न सकेको छैन।

शुक्रबार बिहान गृहमन्त्रालयमा मिटरब्याज पीडित र सरकारी टोलीको वार्तापछि प्रधानमन्त्रीले साँझसम्म भेट्ने जानकारी गराएका थिए। तर मन्त्रिपरिषद् विस्तार र अन्य काममा प्रधानमन्त्री व्यस्त भएका कारण शुक्रबार भेट भएन् ।

राजधानीकेन्द्रित आन्दोलनमा रहेका मिटरब्याजीपीडितको माग सम्बोधनका लागि सरकारले वार्ता समितिसमेत बनाएर वार्ता सुरु गरिसकेको छ ।

मिटरब्याजीले उठीबास लगाएपछि न्याय माग्दै पीडितहरु महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेरै काठमाण्डौमा आई आन्दोलन गरिरहेका छन् ।

सरकारले मिटरब्याजका नाममा तराई–मधेशका जिल्लामा व्यापक रूपमा भइरहेको ठगी नियन्त्रण गर्न मुलुकी अपराधसंहिता कानुन संशोधन गर्ने निर्णय गरिसकेको छ । आज प्रधानमन्त्रीलाई भेटेपछि सहमति हुने मिटरब्याज पीडितहरुको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077