Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

धनगढीमा अवैध लागूऔषधसहित दुई युवक पक्राउ

कैलाली । कैलालीमा अवैध लागूऔषधसहित २ युवक पक्राउ परेका छन् ।

जिल्लाको धनगढी उपमहानगरपालिका–२ त्रिनगरबाट अवैध लागूऔषध खैरो हेरोइन ८ सय मिलिग्रामसहित उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा गोदावरी नगरपालिका–१० बस्ने २२ वर्षीय अजबिन चौधरी र सोही ठाउँका १९ वर्षीय सगुन चौधरी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077