Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • मेयरको सट्टामा एसईई दिंदै गरेका नक्कली परीक्षार्थी पक्राउ

    मेयरको सट्टामा एसईई दिंदै गरेका नक्कली परीक्षार्थी पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १९ चैत्र २०७९
  • 618
    SHARES

    संकेतिक तस्विर

    रौतहट । रौतहटको लक्ष्मीनियाँ माविमा भइरहेको एसईई परीक्षामा सहभागी एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

    देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साहको सट्टामा एसईई दिंदै गरेका कमल साह पक्राउ परेका छन् ।



    गरुडा-६ पोठियाहीका साहले देवाही गोनाही नगरपालिकाका मेयर कानुको सट्टामा एसईई दिईरहेका थिए ।



    मौलापुर नगरपालिकाको लक्ष्मीनियाँ माविमा संचालन भइरहेको एसईईमा नियमिततर्फ सिम्बोल नं-३५०३७२८ का विद्यार्थी प्रेमलाल साह कानुको सट्टामा परीक्षा दिइरहेका कमल साहलाई परीक्षा अनुगमन गर्न गएको टोलीले पक्राउ गरेको हो ।

    परीक्षा सञ्चालन भइरहेको बेला अनुगमन टोलीलाई विद्यार्थीप्रति शंका लागेर चेकजाच गर्दा साह पक्राउ परेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार