Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बारा–२ मा लोसपाले उपेन्द्र यादवलाई समर्थन गर्ने

काठमाडौं । सत्तासाझेदार दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले बारा २ को उपचुनावमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गरेको छ ।

केन्द्रीय कार्यकारिणी समितिका सदस्य केशव झाका अनुसार शनिबार बसेको बैठकले गठबन्धनका उमेदवार यादवलाई समर्थन गर्ने निर्णय गरेको हो ।

यादवलाई उमेदवार बनाउन दलहरू सहमत भएकाले (लोसपा) ले बारा क्षेत्र नम्बर २ मा पार्टीको उमेदवार नउठाउने भएको हो ।

गत मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनबाट सोही निर्वाचन क्षेत्रबाट निर्वाचित जसपा नेता रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077