काठमाडौं । जनता समाजवादी पार्टी(जसपा) का अध्यक्ष उपेन्द्र यादव बारा–२ मा उम्मेदवारी दर्ता गर्नका लागि बारा पुगेका छन् ।
बारा–२ मा हुने उपनिर्वाचनका लागि जसपाले पार्टीका अध्यक्ष यादवलाई उम्मेदवार बनाउने निर्णय गरेसँग उनी आईतबार बारा पुगेका हुन् ।
उपनिर्वाचन हुने तिन ओटै क्षेत्रमा भोलि उम्मेदवारी दर्ता गराउने समय तालिका रहेको छ ।
गत मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका जसपा अध्यक्ष यादव सीके राउतसँग पराजित भएका यादवले उम्मेदवारी दिने भएका छन् ।
यस क्षेत्रबाट निर्वाचित रामसहायप्रसाद यादवलाई जसपाले उपराष्ट्रपति बनाएपछि उपनिर्वाचन हुन लागेको हो ।