Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महिन्द्रा सर्भिसिङ सेन्टरमा आगलागी हुँदा ७ वटा गाडी जले

काठमाडौं । ललितपुरको कुपण्डोलस्थित महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी भएको छ ।

सोमबार बिहान ४ः४० बजे सर्भिसिङमा आगलागी भएको हो । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार आगलागीबाट गाडी, स्कुटर र मोटरसाइकल जलेका छन् ।

बिजुली सर्ट भई तेलमा परेपछि आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ । आगलागीमा ७ वटा चारपांग्रे गाडी, ३ वटा मोटरसाइकल र २ वटा स्कुटर जलेको पाइएको प्रहरीले जनाएको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । आगलागी प्रहरी लगायतले ५ बजेर १५ मिनेटमा नियन्त्रणमा लिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077