Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माधव नेपाल भन्छन्- कसैको जीवन बचाउन अंग दान गर्न तयार छु भन्ने मानिसको खाँचो छ

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अरुको जीवन बचाउन आफूले गर्नसक्ने सबै अंग दान गर्ने मानिसको खाँचो रहेको बताएका छन् ।

सोमबार युवा संघ नेपाल केन्द्रीय निर्वाचन आयोगले स्टालिन जयन्तीका अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले अरु कसैको जीवन बचाउन आफूले सक्ने शरीरका सबै अंग दान गर्न सक्नुपर्ने बताए ।

अध्यक्ष नेपालले मानव जातिका लागि रगतको आवश्यकता महत्वपूर्ण रहेको बताउँदै सबै युवाहरु वर्गहरुलाई रक्तदानका लागि अपिल समेत गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077