Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राष्ट्र बैंकले फेरि भन्यो- क्रिप्टोकरेन्सी तथा नेटवर्क मार्केटिकङमा कारोबार नगर्नू

काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी, भर्चुअल करेन्सी, हाइपर करेन्सी आदि अवैधनिक भएकाले त्यसको कारोबार नगर्न पुनः सचेत गराएको छ ।

यस्तो कारोबार गैरकानुनी हुने भन्दै यसअघिनै २०७४ साउन २९ गतेदेखि २०७९ साउन ३० गतेसम्म चार पटक सूचना गरिसकेकोमा केन्द्रीय बैंकले पुनः अर्को सूचना प्रकाशित गर्दै सचेत गराएको हो।

नेपालमा यसले कानुनी मान्यता नपाएको, नेपालमा कानुनी ग्राहय नभएको, नेपाल सरकारको जमानतप्राप्त नभएको, राष्ट्र बैंकले निष्कासन समेत नगरेको तथा कुनै पनि किसिमको सुरक्षण नभएको सूचनामा भनिएको छ ।

राष्ट्र बैंकले यस्तो गैरकानुनी मुद्राको कारोबार गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही समेत हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077