Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • पूर्वराजाको अभिनन्दनमा किन हटाए ‘श्री ५’ लेखिएका ब्यानर ?

    पूर्वराजाको अभिनन्दनमा किन हटाए ‘श्री ५’ लेखिएका ब्यानर ?

    अनलाइन नेपाल
  • मंगलबार, २१ चैत्र २०७९
  • 468
    SHARES

    इटहरी । पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुनसरीको इनरुवामा अभिनन्दन गरिएको छ । राजावादी समूहले उनलाई सोमबार इनरुवामा अभिनन्दन गरेको हो । अभिनन्दन कार्यक्रमपछि सम्बोधन गर्दै उनले तन, मन, धन र पदमा लोभ्याएर सामाजिक संरचना कमजोर भएको बताए ।

    देशमा देखिएको समस्यालाई आफूले नजिकबाट नियालिरहेको बताउँदै उनले परिर्वतन देखाउन अहिलेको कोरा र सतही फेरबदल आलटाल र टालटुलको प्रणालीले कुनै परिणाम नदिने टिप्पणी गरे ।



    यस अघि भने प्रशासनले ‘श्री ५ महाराजधिराज’ लेखेको ब्यानर हटाएको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट सादा पोसाकमा खटिएका प्रहरीले पूर्वराजा शाहलाई अभिनन्दन गरिने चोकचोकमा टाँसेको श्री ५ लेखिएका ब्यानरहरू हटाएको हो ।



    ‘पूर्वराजा भनेर लेखिएको ब्यानर भने हटाइएको होइन,’ जिल्ला प्रहरी कार्यालय सुनसरीका एक प्रहरीले भने, ‘श्री ५ महाराजधिराज’ भनेर लेखिएको ब्यानर चाहिं हटाइएको हो ।’

    पछिल्लो केही महिनायता शाह झापामा बस्दै आएका छन् । केही दिन अघि मात्रै उनी इटहरीस्थित बूढीगंगा–जमुना मुक्तिघाटमा सन्ध्याकालीन आरतीमा सहभागी हुनका लागि आएका थिए । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार