Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उद्योग वाणिज्य संघका उपाध्यक्ष श्रेष्ठले गराए वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दर्ता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा अञ्जन श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।

श्रेष्ठले नेपाल उद्योग वाणिज्य महासंघको कार्यालय पुगेर आफ्नो प्यानलसहित उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रमुख निर्वाचन अधिकृत लीलामणि पौडेलका अनुसार अहिलेसम्म २ जनाले उम्मेदवारी दर्ता गराएका हुन ।

यसअघि चैत १९ गते रामचन्द्र संघईले उम्मेदवारी दर्ता गराएका थिए ।

यही चैत २८ र २९ मा काठमाडौंमा हुने महासंघको वरिष्ठ उपाध्यक्षको पदमा ३ जनाले उम्मेदवारी दिने घोषण गरेका थिए । यसमध्ये अब उमेशलाल श्रेष्ठले उम्मेदवारी दर्ता गराउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077