Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेश प्रदेश सरकारबाट एमाले बाहिरिँदै

काठमाडौं । नेकपा (एमाले) मधेस प्रदेश सरकारबाट बाहिरिने भएको छ ।

संघ सरकारबाट बाहिरिएको एमाले पार्टी नेतृत्वको निर्देशनमा नै एमालेका मन्त्रीहरुले आज राजीनामा दिन लागेका छन् ।

स्रोतका अनुसार उनीहरुले दिउँसो १ बजे मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाउन लागेका हुन् ।

मुख्यमन्त्री यादवले भने एमालेले आफू नेतृत्वको सरकारबाट बाहिरिने निर्णय नलिने दाबी गर्दै आएका थिए ।

१०७ सदस्यीय मधेश प्रदेशसभामा एमालेका २५ जना प्रदेशसभा सदस्य छन्।

मधेश सरकारमा हाल एमालेका चारजना मन्त्री र सभामुख छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077